दफा १२
दोहोरो पर्ने गरी भ्रमण भत्ता नपाउने

समितिको बैठक चलिरहेको समयमा सदनको बैठक प्रारम्भ हुने कुराको वा सदनको बैठक चलिरहेको समयमा समितिको बैठक प्रारम्भ हुने कुराको सूचना प्रकाशित भएकोमा सो बमोजिम सदन वा समितिको बैठक प्रारम्भ हुने र चलिरहेको सदन वा समितिको बैठक अन्त्य भएको मिति बीचको अवधि सात दिन भन्दा बढी फरक नभएमा चालू बैठकमा भाग लिइरहेको पदाधिकारी वा सदस्यले पछिबाट प्रारम्भ भएको सदन वा समितिको बैठकको अन्त्य भएपछि मात्र यस ऐन बमोजिमको भ्रमण भत्ताको सुविधा पाउनेछ ।